उमामहेश्वर मन्दिरको हाल भएको घण्ट उक्त मन्दिरको होइन

Blog image

उमामहेश्वर मन्दिरको पूर्व घण्ट सारै राम्रो बज्ने भएको भक्तपुरले चोरी लगेको कथन छ । रातमा घण्ट चोरी लग्दालग्दै पाटन पुग्दा कुखुरा बासेकोले छोडी गएको र त्यस पछि सो घण्ट पाटन का राजा ले उठाई लगी तलेजु मन्दिरको भित्र कतै जडान गरी राखेको छ भनिन्छ ।

मन्दिरको हाल भएको घण्ट उक्त मन्दिरको होइन । वि.सं. १९९० सालको भूकम्पमा घण्टाघर भत्के पछि घण्टा घरमा पन्ध्र पन्ध मिनेटमा बज्ने क्वार्टर बेल चारवटै झिकिएका थिए । त्यसै बेला तत्कालीन द्वारे जगतबहादुर प्रधानले जुद्धशम्सेर महाराजबाट वक्साएर ल्याइ यहाँ प्रतिष्ठापन गरेको हो । त्यस बेलाको अन्य तीनवटा घण्ट मध्ये दोस्रो, सिंहदरवारमा, तेस्री, पचली हनुमानघाट र चौथो, भक्तपुरमा दिई पठाइएको थियो । ती घण्टहरू सन् १८९५ मा हालको लण्डनभन्दा ४० कि.मि. दक्षिणमा पर्ने क्रोइडन (Croydon) भन्ने ठाउँमा ढालिएका थिए । उक्त घण्ट ढाल्ने संस्था Gillette and Johnston हो । Johnston कहाँ पुगे थाहा पाइएन तर Gillette भने ठूल्ठूला घण्ट ढाल्नुको बदला पातला स्टीलपाताको दाह्री खौरने ब्लेड बनाई संसार प्रख्यात भए । हालका Gillette world Sports का प्रायोजक यिनै घण्ट ढाल्ने संस्था हो । उक्त घण्टको उचाई ७५ से.मि. र तलको व्यास ६० से.मि. को छ । यसको ध्वनि निकै परसम्म सुन्न सकिन्छ र मधुर आवाजमा बज्ने गर्दछ ।

साभार: कीर्तिपुरको सांस्कृतिक र पूरातात्विक इतिहास। शुक्रसागर श्रेष्ठ

Related Post

Click image for details