डेङ्गु ज्वरो

Blog image

इड्स नामको पोथी लामखुट्टेले टोकेर सार्ने रोग डेङ्गु ज्वरो भरखर काठमांडौ र भक्तपुरमा देखिएकोले यो रोग लामखुट्टे लाग्ने  कुनै पनि स्थानमा देखा पर्न सक्छ भन्ने आंकलन गर्न सकिन्छ । किनभने अहिलेको झरि तथा गर्मी मौसमा प्राय ठाँउमा लामखुट्टे लाग्दछ । त्यसैले बेलैमा यो रोगबाट बच्न तथा बचाउन हामी सबै सचेत हुन आवश्यक छ ।


यो रोग सर्ने तरिका
डेङ्गु रोगले बालक, युवा र वयस्क सबैलाई आक्रमण गर्दछ । यो प्रत्यक्ष सम्पर्कबाट सर्ने रोग होइन । यस रोगबाट आक्रान्त व्यक्तिलाई पोथी लामखुट्टेले टोकेर अर्को निरोगीलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्दछ । यसरी डेङ्गुको रोगीलाई टोकेको  १० दिनमा लामखुट्टेको शरीरभरि डेङ्गु भाइरस पर्याप्त मात्रामा हुर्कन्छ । फलतः त्यसले अर्को स्वस्थ व्यक्तिलाई टोक्दा स्वस्थ व्यक्तिमा डेङ्गुको भाइरस सर्दछ । यो लामखुट्टेले बेलुका वा रातिभन्दा पनि बढी दिउसोको समयमा टोक्ने गर्छ ।


चिह्न तथा लक्षण
डेङ्गु ज्वरो र थकानजस्ता लक्षणबाट सुरु हुन्छ । यस रोगका लक्षणहरू प्रायः फ्लुको कारण लाग्ने ज्वरोसित मिल्दोजुल्दो भएकाले रगत परीक्षण नगरीकन थाहा पाउन गाह्रो हुन्छ । यो रोगको पहिलो चरणमा बिमारी व्यक्तिमा सामान्यतया तीव्ररूपमा ज्वरो आउँछ  यस अवस्थामा १०० डिग्री फ.भन्दा बढी ज्वरो आउँछ  । यसको लक्षण उमेरअनुसार पनि फरकफरक रूपमा देखिन्छ जस्तो केटाकेटीहरूको शरीरमा रातो डाबर आउने गरी ज्वरो आउँछ  भने वयस्कलाई यो रोगले च्याप्दै गर्दा चर्कोरूपमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, अचानक ज्वरो बढ्ने, ७ दिनमा आफैं निको हुने लक्षण देखापर्दछन् ।


यो रोग ५७ दिनमा निको नभएमा झन् च्याप्दै गएर खतरनाक अवस्थामा पुग्न सक्छ । दोस्रो चरणमा रक्तश्राव सहितको जरो आउँछ । यस अवस्थामा राम्रो उपचार नभएमा बिरामीको मृत्यु हुन सक्छ । यस चरणमा बिरामीको तापक्रम अझै वृद्धि हुने, अनुहार रातो हुने, ज्वरो १०३१०५ डिग्री फ. पुग्ने र यस्तो लक्षण ५६ दिनसम्म लगातार देखापर्दछन् । यस चरणको चौथो वा पाँचौं दिनमा ज्वरो अलिकति घट्छ । यस चरणमा राम्रो उपचार पाएमा बिसन्चो हराउँदै जान्छन् तर रक्तस्राव सहितको डेङ्गु ज्वरो बिग्रँदै  गएमा यो डर लाग्दो हुन्छ । यस अवस्थामा रोगीको नाक, मुख र गिजाबाट रगत बग्छ र लगातार रगतसहित वा रगतबिनाको बान्ता पनि हुन्छ । रक्तस्रावका कारण बिरामीले अलकत्राजस्तो कालो दिसा गर्छ । रक्तस्रावको कारण बिरामीमा रक्तअल्पता हुने, मांसपेशि दुख्ने, ज्वर्नि दुख्ने, जिउ कमजोर हुने, रक्त सञ्चार राम्रोसँग नभई छाला पहेलो हुने, मुख सुक्ने जिउ निकै चिसो हुने, छटपटी हुने, सुत्न नसक्ने, कलेजो फुल्ने, क्षोभ हुनेजस्ता जटिल लक्षणसमेत देखापर्दछन् । यस्तो अवस्था भएको १२ देखि २४ घण्टाभित्रमा बिरामीको मृत्यु हुन सक्छ ।


रोकथाम तथा नियन्त्रणका उपाय
डेङ्गु रोगबाट बच्ने खास औषधि बन्न नसकिरहेको अवस्थामा यसबाट बच्ने प्रमुख उपाय भनेको लामखुट्टेको टोकाइबाट बचावट गर्ने उपाय अपनाउनु हो । झ्याल ढोकामा जाली लगाउने, सुत्दा झुल प्रयोग गर्ने, घर वरिपरि लामखुट्टे वृद्धि हुन सक्ने पानी जम्ने खाल्डाखुल्डीहरू पुर्ने र झारपातहरू हटाउने गर्नुपर्दछ । डेङ्गु भाइरस बोक्ने लामखुट्टेहरू विभिन्न यातायात साधनको माध्यमबाट एक टाउँबाट अर्को ठाउँमा फैलिने भएकाले सामान ओसारपसार गर्दा लामखुट्टे र लामखुट्टेका फुलहरू समेत नस्ट हुने गरी निर्मलीकरण गर्नुपर्दछ ।  त्यसैगरी यातायातका साधनहरू लाखुट्टेरहित बनाउनुपर्दछ । यसका साथै जनतालाई डेङ्गु रोगको फैलावट एवम् लामखुट्टेबाट बच्न विभिन्न संचारमाध्यमबाट सचेत पार्नुपर्छ । यस रोगको शंका लाग्ने वितिकै आफैले जरो तथा टाउको दुखाइको औषधि वा एन्टिबायोटिक अ‍ैेषधि नचलाई तुरुन्तै अस्पतालमा गइ विशेषज्ञको सल्लाह अनुसार उपचार गराएमा यस रोगबाट हुने मृत्यबाट धेरै हदसम्म बच्न सकिन्छ ।

 –श्यामकृष्ण महर्जन


Related Post

Click image for details