पाँगामा पहिले फोहरमैला प्रशोधन केन्द्र अहिले डम्पिङ्ग साइट

Blog image

कीर्तिपुर नगरपालिकाको फोहरमैला व्यवस्थापन गर्न २०७४।१२।१६ गते कीर्तिपुर नगरपालिका, स्वास्थ्य तथा फोहरमैला व्यवस्थापन समिति र कीर्तिपुर नगरपालिकामा कार्यरत चार संस्थाहरुका बीच सम्झौता भएको थियो । 


सम्झौता अनुरुप कीर्तिपुर नगरपालिकाले टान्सफर स्टेसन, कम्पोष्ट प्लान्ट र पुनः प्रयोगीय बस्तु तथा प्रशोधन केन्द्र स्थापनाका लागि कीर्तिपुर नगरपालिकाद्धारा भौतिक पूर्वाधार तयार गरिएको कीर्तिपुर नगरपालिका, वडा नं. १०, बस पार्कको पूर्व तर्फको फोहरमैला प्रशोधन केन्द्र सञ्चालनका लागि उपलब्ध गराउने उल्लेख गरिएको छ । साथै, नीजि संस्थाले हरेक महिना उठाएको सेवा शुल्क एक छुट्टै बैक खातामा जम्मा गर्नु पर्ने र सो सेवा शुल्क उठेको २ प्रतिशत नगरपालिकाको वातावरण कोषमा जम्मा गर्नुपर्नेछ ।  


सो सम्झौता गरेका चार संस्थाहरुमध्ये Blue Waste to Value तथा वातावरण संरक्षण समाजको संयुक्त सहकार्यमा कीर्तिपुर फोहरमैला व्यवस्थापन सेवाले सो सम्झौता अघि पाँगा, कीर्तिपुर नगरपालिका वडा नं. ५ अन्तरगत दहन, पाँगामा प्रशोधन केन्द्र स्थापना गरी संचालन गर्दै आइरहेको थियो । 


हाल अहिले सो स्थानमा भौतिक संरचना सबै निकालेर लगेको र फोहरहरु अस्तव्यस्त रुपमा त्यसै गैरजिम्मेवारीपूर्वक छाडेर गएको स्थानीयको भनाइ छ । विगत एक वर्षदेखि डम्पिङ्ग साइट जस्तै भएकाले संक्रमण फैलने तथा वर्षामा फोहरपानी बगेर थप जोखिम निम्तिने चिन्ता बढेको छ ।

 







Related Post

Click image for details